काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ११४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।