logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२९ हजार ७३४ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
598
Shares

देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ ।

मंगलबार ३८ हजार ३५ जना संक्रिय संक्रमित मध्य २९ हजार ७  सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ८ सय ३८ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै प्रदेश १ मा ४ हजार ८ सय ५०, प्रदेश २ मा ९५२, लुम्बिनी प्रदेशमा  २ हजार १ सय ६०, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १७४८ र कर्णाली प्रदेशमा ३२१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।