logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर चिसो बढ्यो, उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम


अंकुरण खबर
1.43K
Shares

देशभर चिसो बढ्दै गएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाडौंको दिउँसोको तापक्रम २४ देखि २६ डिग्रीसम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ डिग्री सेल्सियसमा झरेको थियो ।

सामान्यतया राति आकाश खुला हुँदा बिहान तापक्रम घट्ने गर्छ । अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नहुँदा देशभरको मौसम सामान्यतया सफा हुँदा विस्तारै चिसो बढ्दै गएको महाशाखाले जनाएको छ ।