logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु


अंकुरण खबर
962
Shares

दाङमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका-४, मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।