logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चमा वामदेवविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुँदै


अंकुरण खबर
793
Shares

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भनी सर्वोच्च अदालतमा गरिएको रिटविरुद्ध आज सुनुवाइ हुने भएको छ।

सवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको गौतमको मुद्दा बुधबार पेशी तोकिएको छ। असोज १६ देखि हेर्दाहेर्दै रहेको मुद्दा करिब एक महिनापछि पेशी तोकिएको हो।

न्यायाधीश तथा अदालतमा कार्यरत् केही कर्मचारीहरुमा कोरोना भएको लगायतका कारण सो रिटमाथिको सुनुवाइ केहि दिनदेखि सरिरहेको थियो।

गौतमका तर्फबाट केही अधिवक्ता र निवेदकहरुले जवाफ दिन बाँकी रहेको छ। उनीहरुको जवाफपछि संवैधानिक इजलाशले आफ्नो निर्णय सुनाउने छ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट असोज १ गते सांसद मनोनित गरिएको थियो।

निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगेपनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा परेको रिट अदालतमा विचाराधीन रहेका कारण गौतम मन्त्री बन्ने बाटोसमेत छेकिएको छ ।