कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका–९ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण गए राति ८ः२१ बजे ज्यान गएको हो ।
उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही दिनदेखि सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उनी निमोनियाको समेत बिरामी थिए ।
मृतक व्यक्तिको शव आज व्यवस्थापन गरिने जनाइएको छ ।