logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवा खालबाट पक्राउ परेका पूर्वराज्यमन्त्री रायसहित १० जना रिहा


अंकुरण खबर
1.599K
Shares

जुवाको खालबाट पक्राउ परेका पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई जनही ३० हजार रुपैयाँ जरिवानामा छाड्ने आदेश दिएसँगै रिहा भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी निरन्जनदत्त भट्टले जानकारी दिए ।

रायसहित देवेन्द्र श्रेष्ठ, उत्तरकुमार लामा लगायत १० जनालाई १ लाख ५३ हजार रुपैयाँसहित जुवा खालबाट वृत्त स्वयम्भूले पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद –५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसूरमा उनीहरुविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो।

दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने उल्लेख छ। १२५ को उपदफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु नहुने बताइएको छ। जुवा खेल्ने र खेलाउने गरेको पाइएमा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।

खोभारी राय दुई पटक राज्यमन्त्री भएका थिए। २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।