बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको छ ।
बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जनाएको छ ।
उनी विश्वमै सबैभन्दा बढी सयम प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति भएको अल्जजिराले जनाएको छ । खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए । हालसम्म पनि उनी प्रधानमन्त्री थिए ।
मायो क्लिनिक हस्पिटलमा खलिफाको मृत्यु भएको बताइएको छ ।