logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आउँदो मंगलबार सावर्जनिक विदा


अंकुरण खबर
2.314K
Shares

सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

गृहका प्रवक्ता चक्र बहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका छन्।

मंसिर १ गते भाइटिका छ। त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन।

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ।

नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउँछन्।