logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा सुधार, नेप्से उकालो लाग्दै


अंकुरण खबर
1.196K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधबार १७०० विन्दु नाघेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ को कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये फाइनान्सबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

बुधबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।