logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
741
Shares

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको आज मृत्यु भएको उनले जानकारी दिए।

यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।