काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार गरिएको परीक्षणमा काठमाडौंमा ९७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, बुधबार नेपालमा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।