पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै नेपालमा १ लाख ६२ हजार २ सय ४३ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार संक्रमणमुक्त हुने दर ८१ दशमलभ २ रहेको छ।