काभ्रेबाट विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले बुधबार बिहान धुलिखेल नगरपालिका-१२ शंखुपाटीचौर एक्लेखेतका ५४ वर्षीय मधुसुधन बजगाईंलाई पक्राउ गरेको हो।
उनले विभिन्न व्यक्ति, उद्योगी, व्यापारीहरूलाई फोनबाट धम्की दिएर चन्दा माग गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
सोही सूचनाको आधारमा प्रहरीले उनको खोजी गरेको थियो। बुधबार फेला पारी उनीमाथि सोधपुछ गर्दा प्रहरीलाई अपशब्द प्रयोग गरी गाली गरेका थिए।
आफ्नो काममा बाधा अवरोध सृजना गरेको भन्दै प्रहरीले उनीविरूद्ध अभद्र व्यवहारको मुद्दा चलाएको छ।