कोरोना संक्रमणबाट धरानका एक दम्पतीको तीन दिनको विचमा मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–१४ निवासी ६७ वर्षीया महिलाको गत सोमबार कोरोनाले मृत्यु भएको थियो भने बुधबार बिहान उनका ७४ वर्षीय श्रीमानको पनि मृत्यु भएको हो ।
श्रीमतीको उपचार गरेर घर ल्याएपछि मृत्यु भएको थियो भने श्रीमानको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।