logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिमा गरेका कोरोना संक्रमितको उपचार निःशुल्क नहुने


अंकुरण खबर
650
Shares

सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ।

कोरोना उपचारको लागि सूचीकृत सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा लक्षण देखिएका बिरामीको उपचार तथा परीक्षण निःशुल्क गर्ने गरी निर्देशिका संशोधन भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितले कोरोना बिमा गरेको भए सम्पूर्ण खर्च संक्रमित आफैंले अर्थात् बिमा रकमबाट काटिने जानकारी दिए।

सक्षम र इच्छुकले परीक्षण र उपचारमा आफै खर्च गरेर सरकारलाई सहयोग गर्न पनि सरकारले आग्रह गरेको छ।