बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बुधबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाजी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बुधबारकै मूल्यमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।