logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छठपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न मेयरहरूको सुझाव


अंकुरण खबर
715
Shares

उपत्यका मेयर फोरमले छठपछि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई सुझाव दिएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम कम गर्ने विषयमा सिसिएमसी र उपत्यका मेयर फोरमबीच बुधबार भएको छलफलमा मेयरहरूले यस्तो सुझाव दिएका हुन्।

काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणमा लिनका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए। तिहार र छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए। उपत्यकामा कडा निषेधाज्ञा आवश्यक भएको सुझाव आफूहरुले दिएको उनले बताए।

मेयरहरूले कोभिडविरुद्ध गरिरहेको कामको बारेमा जानकारी गराउँदै काम गर्दा परेको अप्ठ्याराहरूका विषयमा समेत छलफल भएको उनले बताए।

कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले यही अनुपातमा कोरोना संक्रमण बढेमा केही समय लकडाउन गर्ने कि भन्ने सुझाव दिएको र थप छलफल गर्ने कुरा भएको उनले बताए। संक्रमण बढिरहेका विभिन्न देशहरूले पनि लकडाउन गर्न थालेकाले एक दुई हप्ता भए पनि लकडाउन गर्न सुझाव दिएको उनले बताए।

कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने र मास टेस्टिङ गर्नुपर्ने प्रस्ताव आफूहरुले राखेको उनले बताए। सिसिएमसी निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेको अवस्थमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा मेयरहरूसँग छलफल आयोजना गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।