logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले बढ्यो नेप्से


अंकुरण खबर
897
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १०.८२ अंकले बढेको छ।

बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८.८९ विन्दुमा पुगेको छ।

बिहीबार १९८ कम्पनीको १ करोड २१ लाख सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बैंकिङ समूहको उपसूचक १०.२१, व्यापार १६४.७१, निर्जिवन बिमा ३९.१६, अन्य २८.३८ र म्युचुहल फण्डको उपसूचक ०.०१ अंकले बढेको छ।

होटल समूहको उपसूचक १८.४१, विकास बैंक ४.४७, जलविद्युत् ६.४५, फाइनान्स ३.६५, उत्पादन ३०.८६ र जीवन बिमा समूहको उपसूचक २८.९२ अंकले घटेको छ।

आज बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन्।