logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा थपिए १ सय ४५ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

बिहिबार गण्डकी प्रदेशमा थप १ सय ४५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रा.लि. र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकीमा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पहिलो विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीका २४ जना, बागलुङका ५ जना, गोरखाका २ जना, लमजुङका ८ जना, मुस्ताङका ३ जना, नपलपरासी पूर्वका ३ जना, पर्वतका ४ जना र तनहुँका ४५ जना रहेका छन् ।

लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रा.लि. मा गरिएको परिक्षणमा कास्कीका २४ जना,  पर्वतका १ जना र तनहुँका २ जना संक्रमित रहेका छन् ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा कास्कीका ११ जना र स्याङजाका एक जना रहेका छन् ।

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ । यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ८ सय ४८ पुगेको छ ।