logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टायता २३४९ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ८४ हजार ३ सय १७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ सय ७४ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३८ हजार ४ सय ६१ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।