logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिमानाका मंसिर ३० सम्म बन्द रहने


अंकुरण खबर
2.21K
Shares

सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध बढाएको छ।

सरकारले सिमानाकामाथि लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सिमानाका बन्द जारी राख्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सो जानकारी दिए।

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो। कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो।

भारतसँग अहिले १० वटा प्रमुख नाकामा मात्रै आवत जावत कायम छ। त्यस बाहेकका नाकामा कडाइ यथावत राखिएको उनले बताए।

यसअघि सरकारले भारत आवज जावत गर्ने नाका कात्तिक ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो।