नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ।
कुल संक्रमितमध्ये ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित छन्।