logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ३८ हजार ४६१ सक्रिय संक्रमित, २९ हजार ३८४ जना होम आइसोलेसनमा


अंकुरण खबर
767
Shares

देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बिहीबार ३८ हजार ४ सय ६१ जना संक्रिय संक्रमित मध्य २९ हजार ३  सय ८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ९ सय ३५ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  ४ हजार ३ सय ११, प्रदेश २ मा ९०२, लुम्बिनी प्रदेशमा २१२१, सुदूरपश्चिम प्रदेशमा १०३५, गण्डकी प्रदेशमा २७६५ र कर्णाली प्रदेशमा ३१४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।