ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बिहीबार जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
जोरबिजोर प्रणाली उल्लंघन गर्नेमा ५७० वटा दुई पाङ्ग्रे र १६७ वटा चार पाङ्ग्रे सवारीसाधन रहेका छन् ।
काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।