कोरोना संक्रमणको कारण कास्कीमा थप एक संक्रमितको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत महिलाको बिहीबार राति मृत्यु भएको हो।
पोखरा महानगरपालिका-१४ की ६७ वर्षीय महिला कात्तिक २१ गते उपचारको लागि भर्ना भएकी थिइन्।