ललितपुरको बालकुमार क्षेत्रमा भीषण आगलागी भएको छ ।
काटेश्वर-कलंकी सडकखण्डअन्तर्गत बालकुमारी पुलको नजिक एउटा घरको बीचमा आगो लागेको हो ।
एसियन पेन्ट्सको कार्यालय रहेको क्षेत्रमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
आगो नियन्त्रणमा लिन ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग गरिएको छ । यस्तै, काठमाडौं महानगरपालिकाबाट पनि दमकल मगाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
एसएसपी राईका अनुसार आगो लागेको ठाउँमा केही बोत्तलहरु छन् ।