logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको हल्लाले वायु सेवा सञ्चालकहरू चिन्तित, जारी गरे यस्तो अपिल


अंकुरण खबर
1.911K
Shares

वायु सेवा सञ्चालकहरूको छाता संगठन वायु सेवा सञ्चालक संघ, नेपालले पुनस् लकडाउन नगर्न माग गरेको छ ।

तिहार तथा छठपछि पुन: लकडाउनको हल्ला चलेको भन्दै संघले यसमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उसले भनेको छ– ‘विगत ६ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउनेतर्फ लाग्नु सम्बन्धित निकाय आफ्नो जिम्मेवारीबाट पन्छिनु मात्र हो ।’

कुनै पनि बहानामा गरिने लकडाउनप्रति आफ्नो विमति रहने संघले जनाएको छ ।