logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर थपिए २१११ जना कोरोना संक्रमित, ३५३७ जना डिस्चार्ज


अंकुरण खबर
1.703K
Shares

पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन् ।

आज देशभर १० हजार २२ जनाको पिसिआर परीक्षण भएको हो ।

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २ पुगेको छ ।