नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ११ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । कुल संक्रमितमध्ये ३७ हजार २२ जना सक्रिय संक्रमित छन् ।
नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५० पुगेको छ । हाल ९ सय ८६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।