देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ ।
शुक्रबार ३७ हजार २२ जना सक्रिय संक्रमितमध्ये २९ हजार ४९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ४३ जना होम आइसोलेसनमा छन् ।
त्यस्तै प्रदेश १ मा ४ हजार ३२, प्रदेश २ मा ८९७, लुम्बिनी प्रदेशमा २२३७, सुदूरपश्चिम प्रदेशमा १०३९, गण्डकी प्रदेशमा २८१६ र कर्णाली प्रदेशमा २८५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।