logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

टेकु अस्पतालमा लक्षण देखिएका बिरामीको पीसीआर जाँच निःशुल्क


अंकुरण खबर
1.17K
Shares

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण देखिएका व्यक्तिको निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ ।

अस्पतालले एक सूचना जारी गदै लक्षण देखिएका व्यक्तिहरुको मात्र निःशुल्क परीक्षण गर्ने जनाएको हो ।

“अस्पतालको ओपीडीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो (१०० डिग्री फरेनहाइट वा सोभन्दा बढी) देखिएका तथा कोभिड-१९ को अन्य लक्षण वा चिह्‍न भएका व्यक्तिहरुको निःशुल्क पीसीआर गरिनेछ,” सूचनामा भनिएको छ ।

अस्पताल भर्ना भएका कोरोना संक्रमितको उपचार निस्शुल्क गरिने छ, तर कोरोना बिमा गरेको भए परीक्षण र उपचार  सोही रकमबाट कट्टा गरिने पनि सूचनामा उल्लेख छ ।

योबाहेक अन्य व्यक्तिको पीसीआर परीक्षण (शुल्क २ हजार) सशुल्क हुने अस्पतालले जनाएको छ । सशुल्क र निःशुल्क गरी दैनिक तीन सयजनाको स्वाब संकलन गरिने पनि अस्पतालले जनाएको छ ।

गत कात्तिक २४ गतेको मन्त्रिपरिषद्‌ले कोरोना भाइरसको परीक्षण र उपचार निस्शुल्क गर्ने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा कोरोना परीक्षण निःशुल्क गर्ने निर्णय गरेको थियो ।