logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत


अंकुरण खबर
1.495K
Shares

चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार हरेक १०० संक्रमितमा दुईजनाको मृत्यु हुने गरेको हो । जिल्लामा हालसम्म ७९ जना संक्रमितको मृत्यु भएको छ ।

सात स्थानीय तहमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिकामा ४६ जना, खैरहनी नगरपालिकामा नौजना, रत्ननगर नगरपालिकामा १० जना, राप्ती नगरपालिकामा आठजना, कालिका नगरपालिकामा छजनाको मृत्यु भएको हो ।

जिल्लाका माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने मृत्युदर शून्य रहेको छ ।