सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४:२५ मा सुरु भएको बैठक करिब आधा घन्टा मात्र बसेर सकिएको हो ।
बैठकमा के–के विषयमा छलफल भए भन्ने जानकारी आउन बाँकी छ । अर्को बैठक मंसिर ३ गते दिउसो १ बजे बस्ने गरी आजको सचिवालय बैठक सम्पन्न भएको एक नेताले जानकारी दिए ।
बैठकमा असन्तुष्ट पक्ष लगायत नौ सदस्यहरुको उपस्थिति थियो । लामो विवादपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट समूहको अनुरोध अनुसार बैठक बसाल्न सहमत भएका थिए ।
आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न सहमत भएका थिए ।