फ्रान्समा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि डिसेम्बर महिनासम्म लकडाउन गरिने भएको छ ।
केही समयअघि फ्रान्सको सरकारले सङ्क्रमितहरु पहिलेको तुलनामा निकै बढ्न थालेपछि दोस्रोपटक लकडाउन गरेको थियो ।
त्यसैलाई डिसेम्बर महिनाभर निरन्तरता दिने निर्णय फ्रान्स सरकारले गरेको हो । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कका अनुसार लकडाउनको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् । कतिपय सेवाहरु सञ्चालनमा पनि रोक लगाइएको छ ।
फ्रान्समा पछिल्लो हप्ता दैनिक ५ सयको कोरोना संक्रमणका कारण मृत्यु भैरहेको छ । दैनिक हजारौँ जना संक्रमित थपिएका छन् । हिजो एकैदिन २३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने नौ सय भन्दा बढीको मृत्यु भएको छ । फ्रान्समा अहिलेसम्म १९ लाख २२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । ४३ ह्जार ८ सय ९२ को मृत्यु भएको छ । एजेन्सी