गण्डकी प्रदेशमा शनिवार बिहान थप १ सय २९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
यो सँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या १० हजार दुई सय चार पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ ।
थपिएका संक्रमितहरुमा कास्कीका मात्र ८७ जना रहेका छन्। उनीहरू पोखरा महानगरपालिका वडा नं. नखुलेका १० जना, वडा नं. १ का एक जना, २ का छ जना, ३ का नौ जना, ४ का चार जना, ५ का नौ जना, ६ का दुई जना, ७ का दुई जना, ८ का आठ जना, ९ का तीन जना, १० का दुई जना, ११ का दुई जना, १२ का एक जना, १३ का एक जना, १५ का २१ महिने बालक सहित पाँच जना र १६ का चार जना रहेका छन्।
यस्तै वडा नं। १७ का छ जनामा, २१ का तीन जनामा, २५ का दुई जनामा, २६ का एक जनामा, २७ का एक जनामा, ३२ का एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ।
कास्कीकै मादी गाउँपालिका एक जनामा, अन्नपूर्ण गाउँपालिकाका तीन जनामा, बागलुङको बडिगाड गाउँपालिकाका दुई जनामा र बागलुङ नगरपालिकाका दुई जनामा पनि सङ्क्रमण रहेको पाइएको छ ।
थपिएका अन्यमा म्याग्दीका १० जना, पर्वतको जलजला गाउँपालिकाका १६ जना, स्याङ्जाको पुतली बजार नगरपालिकाका एक जना र तनहुँको बन्दीपुर गाउँपालिकाका नौ जना तथा घिरिङ गाउँपालिकाका दुई जना रहेका छन्।