logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रको समृद्धिका लागि एकतावद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान


अंकुरण खबर
767
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको बताएका छन् ।

उनले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको धारणा राखेका छन्।

नेपाल सम्बत् ११४१ का अवसरमा शुभकामना दिँदै ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन  सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा आह्वान गरेका छन्। बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको बताएका छन्।

उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्बत् लगायत पर्व मनाउन आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु।’