logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु


अंकुरण खबर
936
Shares

कैलालीको भजनीका ६५ वर्षीय पुरुषको बाँकेमा मृत्यु भएको छ।

उनको शनिबार राति १०:५० बजे मृत्यु भएको हो । कात्तिक २८ गते नेपालगञ्जमा उपचार गराउन ल्याइएका ६५ वर्षीय पुरुषमा कोरोना देखिएपछि भेरी अस्पतालमा उपचार भइरहेको थियो।

जिल्लामा बाँके निवासी वा बाहिरी जिल्लाबाट उपचार गराउन ल्याइएका व्यक्तिको दैनिकजसो नै मृत्यु भइरहेको छ।

हिजो बर्दियाबाट उपचार गराउन आएका व्यक्तिको पनि मृत्यु भएको थियो। जिल्लाका अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगिसकेको छ।

यो संख्या बाँके निवासी र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका मृतकको हो। यसैबीच, आइतबार बाँकेबाट २६ जना डिस्चार्ज भएका छन्। १२ वर्षीया बालिकादेखि ७७ वर्षीय बृद्धले कोरोनालाई जितेका छन्।