logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाकी २५ वर्षीय युवतीको वीपी प्रतिष्ठानमा मृत्यु


अंकुरण खबर
1.378K
Shares

झापाकी कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ ।

हिजो राती १०:३० बजे झापाकी २५ वर्षीय युवतीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती युवतीलाई कार्तिक २७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनलाई कोरोनाको लक्षण देखा परेर उपचारका लागि २६ गते प्रतिष्ठान ल्याइएको थियो ।

प्रतिष्ठानमा अनुसार अहिले शवको व्यवस्थापनको काम भइरहेको छ ।