logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट महिलाको मृत्यु


अंकुरण खबर
832
Shares

दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया ती महिलाको मृत्यु भएको हो ।

बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको छ ।

अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।