logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२२१ पुग्यो


अंकुरण खबर
871
Shares

नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७७ भेटिएसँगै संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ । कुल संक्रमितमध्ये ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १६ लाख ९ हजार ७९ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा १ हजार २१ रहेको मन्त्रालयले जनाएको छ ।