logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसियू र भेन्टिलेटरमा ४१८ कोरोना संक्रमित उपचाररत


अंकुरण खबर
819
Shares

देशभर हाल ४ सय १८ जना कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन्।

गत २४ घण्टामा भेटिएका १ हजार ४ सय ७७ संक्रमितमध्ये ४ सय १८ जना अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल ३ सय ५४ जना आइसियू र ६४ जना भेन्टिलेटरमा छन्। आइसियूमा भर्ना हुनेको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छन्। त्यहाँ मात्र १ सय २० जना आइसियूमा छन् भने ६१ जना भेन्टिलेटरमा छन्।

यस्तै प्रदेश १ मा ४५ जना आइसियू र ११ जना भेन्टिलेटरमा, प्रदेश २ मा १६ जना आइसियू र १ भेन्टिलेटरमा, गण्डकीमा ९४ जना आइसियूमा र १३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा ६४ जना आइसियूमा र ४ जना भेन्टिलेटरमा छन् भने कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियूमा छन्। कर्णाली र सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।