आज मंसिर १ गते सोमबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन भाइटीका ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही ठाउँमा आंशिकदेखि हल्का बदली छ ।
देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा अहिले आंशिकदेखि सामान्य रुपमा मौसममा परिवर्तन आएको छ । यस्तै, केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ ।
प्रदेश नम्बर १ का पहाडी भू–भागमा बदली हुनुका साथै बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना महाशाखाले जानकारी दिएको छ ।