त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवम् वरिष्ठ मुटुरोग विशेज्ञष डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा ईशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
बिरामीको उपचारका क्रममा कोरोना संक्रमित भएका झाको सोमबार बिहान र थापाको आइतबार राति निधन भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।
मन्त्रालयले दुई चिकित्सकको निधनबाट देशलाई नै ठूलो क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ।