logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए भाइटीका


अंकुरण खबर
1.261K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन् ।

बहिनी कौशल्याले प्रधानमन्त्री निवास बालुवाटारमा दाजु प्रधानमन्त्री ओली र भाउजू राधिका शाक्यलाई टीका लगाइदिएकी थिइन् । सो अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले प्रधानमन्त्री ओलीलाई एक बहिनीले मात्र भाइ टीका लगाइदिएकी हुन् ।