logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात सुरु


अंकुरण खबर
3.887K
Shares

उत्तरी गोरखामा आइतबारदेखि भीषण हिमपात सुरु भएको छ। मौसममा बदली आएसँगै ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात सुरु भएको सामागाउँका स्थानीयवासी मिङ्मार लामाले जानकारी दिए।

हिमपात पर्न सुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए। “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ”, लामाले भने, “दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ।”

उनले  हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए।

“मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ”, लामाले भने, “हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ।”

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका-१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए। हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ। रासस