सोमबारबाट देशभरका विभिन्न ठाउँमा चिसो निकै बढेको छ । सोमबार विहानदेखि आएको मौसममा बदलीका कारण चिसो बढेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
नेपालमा सोमबार सबैभन्दा कम जुम्लाको तापक्रम १ दशमलव शून्य डिग्री र विराटनगरमा ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।
पश्चिमी वायुको प्रभावले अबका तीन दिन देशका अधिकांश स्थानमा हल्का वर्षा हुनसक्ने पनि बताइएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।