पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७३ जना, ललितपुरमा ८४ जना र भक्तपुरमा ४४ जना कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७६ हजार ३६४ पुगेको छ।