logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २९३४ जना कोरोना संक्रमणमुक्त


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न स्थानका संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

योसँगै नेपालमा १ लाख ७६ हजार ३६४ जना निको भएका छन्।

नेपालमा हालसम्म १६ लाख १३ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार १३ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन्।