logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्खेतमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु


अंकुरण खबर
832
Shares

सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका-११ निवासी ६२ वर्षीय पुरुषको सोमबार प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक २६ गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका थिए । सोही दिन गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

बाँकेको बैजनाथ गाउँपालिका-१, स्थायी घर भएका उनी सुर्खेतको वीरेन्द्रनगर-११ मा बस्दै आएका थिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या १८ पुगेको छ ।